४ पुस २०८२, शुक्रबार | December 19, 2025

विदेशमा अलपत्र परेका ५११ नेपालीको उद्दार : एनआरएनए



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीवार सम्म विदेशमा अलपत्र परेका ५ सय भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार आजै मात्र कुवेत सरकारको सहयोगमा ३३५ जना नेपाली स्वदेश फर्किएका छन् ।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ति शिविरमा थप २ हजार ९ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दुतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।

अहिलेसम्म म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७ जना, कुवेतबाट २९९ जना गरि पछिल्लो समय ५ सय ११ जनालाई उद्धार गरिसकिएको संघले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण पछि महिला, बालबालिका लगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले एनसीसी, कुवेत र युएईलाई ६ हजार डलर सहयोग गरेको थियो । अध्यक्ष पन्तले बाँकी अन्य नेपालीको उद्धारको लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।

विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चाटर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड १९ को प्रभावका कारणले मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा रहेका छन् ।

यस्तै संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड १९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा संघले करिब ७० लाख रुपैयााको आर्थिक सहयोग गरेको छ ।

यसअघि गैरआवासीय नेपाली नेपाली संघले अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा (राष्ट्रिय समन्वय परिषद्) लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : १९ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ