२५ भदौ २०८३, बिहिबार | September 10, 2026

निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौंमा



काठमाडाैं, २ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौंमा आइपुगेकाे छ ।

पर्सी आइतबार देशभर हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौं आइपुगेको हाे ।

दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली तथा मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टाेली निर्वाचन पर्यवेक्षणका लागि आएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

निर्वाचन आयोगकातर्फबाट सहसचिव विश्वप्रसाद अर्याल, उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष खत्रीले उहाँहरुलाई स्वागत गरेका थिए ।

निर्वाचन पर्यवेक्षणका लागि भारत, बंगलादेश र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितका टोलीहरु पनि आउने आयाेगले जनाएकाे छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ३ : ५१ बजे

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त