२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

सानदार ब्याटिङसँगै युएई विरुद्धको शृंखलामा नेपाल विजयी



काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले जित निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे ।

एक सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०‍-१ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित दूरी पार गरेको थियो । नेपालको जितमा दुई खेलाडीले अर्धसतक बनाए । आसिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए ।

आसिफले ११९ बलमा दश चौका प्रहार गरेका थिए । यसैगरी पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का सहति ६४ रन बनाएर पेभिलियन फर्किए । ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लु परेका थिए । दोस्रो विकेटले दोस्रो विकेटको लागि एक सय २२ रनको बलियो साझेदारी गरेका थिए । दोस्रो विकेटको लागि नेपालले गरेको यो उच्च साझेदारी हो ।

यसअघि ओपनर अर्जुनले ३३ बलमा ९ रनमात्रै बनाएका थिए । कप्तान रोहितकुमार पौडेल ले १० रनको योगदान गरे । युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले उकासेका थिए । दुबैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युइए सम्मानजनक स्कोरमा पुगेको थियो ।

आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए । बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन बनाए । यसैगरी अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडेका थिए । रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे ।

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए ।

यस सअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपाल बराबर गर्न सफल भएको थियो ।

अब, नेपाल डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलिन आईसिसी विश्वकप लिग टु खेल्न नामिबिया पुग्नेछ ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ३७ बजे

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’, कटाउनेले कति पाए ?

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये

रवि लामिछाने विरुद्धको अभियोग पत्र फिर्ताविरुद्धको रिट सपना मल्ल र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा