३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

छिटो पासपोर्ट बनाइदिन्छु भन्दै सेवाग्राही ठग्नेहरुबाट सचेत बन्न राहदानी विभागको आग्रह



काठमाडौं। राहदानी विभागले  राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ ।

शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्चालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साईबर ब्यूरोलाई अनुरोध गरेको जानकारी दिएको छ ।

राहदानी बनाउने सिलसिलामा विभिन्न बहानामा ठगी गरेको पाइएमा त्यसरी ठगी गर्नेहरूबारे यस विभाग वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन पनि आग्रह गरेको विभागले सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न विभाग सदैव प्रतिवद्ध रहेको जनाएको छ ।

‘राहदानी छिटो बनाइदिने, अप्वाइन्टमेन्ट डेट अगाडि सारिदिने जस्ता विभिन्न बहानामा सेवाग्राहीहरूलाई ठगी गर्ने बिचौलियाहरूलाई विभाग, नेपाल प्रहरी र सेवाग्राहीसमेतको संयुक्त प्रयासमा पहिचान गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाउने गरिएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रेस विज्ञप्ति

विद्युतीय राहदानी जारी गर्न शुरू भएको एक वर्ष भित्रमा राहदानी विभागबाट सम्पन्न भएका केही महत्वपूर्ण कार्यहरू यहाँहरू समक्ष जानकारी गराउन पाउँदा खुशी लागेको छ । २०७८ असोजमा विद्युतीय राहदानीको परीक्षण उत्पादन शुरू गरी सफल परीक्षण उत्पादनपश्चात् २०७८ मंसिर १ बाट विद्युतीय राहदानीको औपचारिक रूपमा उत्पादन तथा वितरण शुरू गरिएको थियो ।

हाल सवै जिल्ला प्रशासन कार्यालय, १७ ईलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी गर्ने कार्य भइरहेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूबाट लाईभ इनरोलमेन्ट भई विभागमा छपाइ भएका विद्युतीय राहदानीहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूमा यथाशीघ्र पुग्ने व्यवस्था मिलाइएको छ ।

विद्युतीय राहदानी जारी गर्न शुरू गरिएको २०७८ मंसिर ०१ (१७ नोभेम्वर २०२१) देखि २०७९ कात्तिक ३० (१६ नोभेम्वर २०२१) सम्ममा राहदानी विभागबाट ३,३४,५८३, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट ५,१६,८०५ र विदेशस्थित नियोगहरूबाट ८१,९०५ थान गरी जम्मा ९,३३,२९३ थान विद्युतीय राहदानी जारी भएको छ ।

राहदानीवापत सेवाग्राहीले तिर्नुपर्ने राजस्व अनलाइनबाट समेत तिर्नसक्ने व्यवस्था मिलाएर सेवा प्रवाहमा सहजता ल्याउने प्रयास गरिएको छ । त्यस्तै, सेवा प्रवाहमा सहजता ल्याउन ल्भउब िभएबककउयचत मोबाइल एपको निर्माण गरिएको छ । साथै, सफ्टवेयरमा आवश्यक सुधार गरी अनलाइन प्रणालीलाई थप सेवाग्राहीमैत्री बनाउन प्रयास समेत भइरहेको छ ।

राहदानी छिटो बनाइदिने, अप्वाइन्टमेन्ट डेट अगाडि सारिदिने जस्ता विभिन्न बहानामा सेवाग्राहीहरूलाई ठगी गर्ने बिचौलियाहरूलाई विभाग, नेपाल प्रहरी र सेवाग्राहीसमेतको संयुक्त प्रयासमा पहिचान गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाउने गरिएको छ । साथै, राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्चालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साईबर ब्यूरोलाई अनुरोध गर्ने गरिएको छ ।

राहदानी बनाउने सिलसिलामा विभिन्न बहानामा ठगी गरेको पाइएमा त्यसरी ठगी गर्नेहरूबारे यस विभाग वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनु हुन सम्बन्धित सबैमा राहदानी विभाग हार्दिक अनुरोध गर्दछ । सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न राहदानी विभाग सदैव प्रतिवद्ध रहेको व्यहोरा समेत अनुरोध छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ४५ बजे

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै

आजको मौसम : हिमालका थोरै र पहाडका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू-भाग

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न