६ श्रावण २०८३, बुधबार | July 22, 2026

छोरालाई असल मानव बनाउ आमा



मेरो छोरा डाक्टर हो
मेरो छोरा पाइलट हो
अनि
मेरो छोरा इन्जिनियर हो
भन्नु भन्दा पहिला
मेरो छोरा असल मानव हो
भन्न सक्ने बनाउ आमा।
……………………………………..

बिरामीको उपचार भन्दा पहिले
सात गाउँ राखेर ल्याएको श्रीमतीलाई
गाइ गोरुलार्ई जस्तो कुटपिट गर्न
पाईंदैन भन्ने नैतिक शिक्षाको स्टेथेस्कोप
छोरालाई घाँटीमा झुन्डाइदेउ आमा।।

……………………………………..

आकाशमा प्लेन उडाउन भन्दा पहिले
सात फेर जगिया घुमेर ल्याको श्रीमतीलाई
अँधेरो कुनाभित्र थिलथिलायर, उज्यालोमा
पखेटा फिजाउँदै उडेको चरी चियाउने बनाउन
पाईंदैन भन्ने, नैतिक शिक्षाको टोपि
छोरालाई सिरबाट नखस्ने गरि लगाइदेउ आमा।

……………………………………..

घरको नक्सा कोर्नु भन्दा पहिले
सात जुनि सँगै हुने मन्त्र पढेर ल्याएको श्रीमतीलाई
शरीरको बनावट परिवर्तन हुँदैमा, एकै सालमा
सम्बन्धको हिसाब किताब
बिगार्न पाइदैन भन्ने, नैतिक शिक्षाको गणित
छोरालाइ डिसटिङ्सनमा पास हुने गरी पढाइदेउआमा।

……………………………………..

छोरा डाक्टर, पाइलट अनि इन्जिनियर
हो भन्न भन्दा पहिला
एक असल मानव हो भनि नाक फुलाउ आमा।

……………………………………..

कसैका छोरी बढि, भयर तिम्रो छोरालाई
सुम्पिएका हैनन आमा
छोरा डाक्टर हो भन्दैमा
बिरामी नभएका बुहारीलाई
दबै मलम लाउन पर्ने गरी नकुट आमा ।

……………………………………..

छोरा पाइलट हो भन्दैमा
स्वतन्त्रले उडेर आफ्नो संसार खोजेकी बुहारीलाई
छोराको खुट्टामा झुन्डिएर उड्ने नबनाउ आमा।

……………………………………..

छोरा इन्जिनियर हो भन्दैमा
आफै आत्मनिर्भर भएर पिल्लर बनेकी बुहारीलाई
नक्सा नमिलेको घरको पर्खाल नबनाउ आमा।

……………………………………..

पहिले छोरालाई
असल मानव भएर
मानवीय व्यवहार कसरी गरिन्छ भन्ने
नैतिक शिक्षाको पाठ पढाउ आमा
छोरी चेली जोगाउनु छ भने
छोरालाई असल मानव बनाउ आमा
छोरालाई असल मानव बनाउ आमा।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : २६ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय