१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

कास्कीमा मतगणनाको तयारीः बन्द कोठाभित्र तारजाली र सिसी क्यामेरा



पोखरा । कास्कीमा मतदान अघि नै मतगणना स्थल तयारी अवस्थामा राखिएको छ । आइतबार हुने मतदानपछि ६ घण्टामा जिल्लाका सबै मतपेटिका संकलन भैसक्ने मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । उनका अनुसार अहिले सबै क्षेत्रको मतगणना स्थल तयारी अवस्थामा छ ।

कास्कीका १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमा कर्मचारीहरु आवश्यक सामग्री सहित तयारी हालतमा छन् । जिल्लाको मतदाना सम्पन्न गर्न २ हजार ७ सय ५२ कर्मचारी खटाइएको छ । शुक्रबार नै सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका लगायत सबै सामग्री पु(याइएको छ ।

मतदानपछि कास्कीको मतगणना ३ ठाउँबाट हुने छ । क्षेत्र नम्बर १ को माटेपानीस्थित भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, क्षेत्र २ को पोखरा सभागृह हल र क्षेत्र ३ को जिल्ला समन्वय समिति ९जिसस० हलमा मतगणना हुँदैछ ।निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने बताए पनि कास्कीको सबै क्षेत्रमा तारजाली लगाएर मतगणना गरिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।

कास्कीमा ९ सांसदका लागि प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् । अघिल्ला निर्वाचनहरुमा ७० प्रतिशत हाराहारीमा मत खसेको थियो । अहिलेको मतगणना समानुपातिक सहित ७ दिनभित्र सकिने मुख्य निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ४७ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको