१५ असार २०८३, सोमबार | June 29, 2026

विश्वकपको इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र बन्यो कतार



काठमाडौं । कतार फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ । कतार विश्वकपअन्तर्गत समूह ‘ए’ को खेलमा आइतबार इक्वेडरसँग २-० स्तब्ध बन्यो ।

विश्वकपको ९२ वर्षे इतिहासमा हालसम्म कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार बेहोरेको थिएनन् ।

यसअघि सन् २०१० मा दक्षिण अफ्रिकाले मेक्सिकोसँग १-१ को बराबरी खेल्नु नै आयोजकको सबैभन्दा खराब नतिजा थियो ।

कतारको अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन दुवै गोल कप्तान इनर भ्यालेन्सियाले गरे ।

खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर साद अल सिबले भ्यालेन्सियामाथि फाउल गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा कप्तान भ्यालेन्सियाले कुनै गल्ती गरेनन् । उनी विश्वकपको २२ औँ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने ।

यस्तै, ३१ औँ मिनेटमा भ्यालेसियाले नै हेडर गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारे ।

त्यसअघि खेलको तेस्रो मिनेटमा नै इक्वेडरका भ्यालेन्सियाले नै गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई अफसाइड दिएको थियो ।

जितसँगै तीन अंक जोडेको इक्वेडर समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् ।

विश्वकपमा भोली (सोमबार) तीन खेल हुदैछन् । जहाँ पहिलो खेलमा साझ ०६:४५ बजे समूह ‘बी’ का इंग्ल्यान्ड र इरान भिड्नेछन् । यस्तै दोस्रो खेलमा राति ०९:४५ बजे समूह ‘ए’का सेनेगल र नेदरल्यान्ड्स खेल्दा राति १२:४५ बजे समूह ‘बी’ कै अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ०२ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै