१६ असार २०८३, मंगलबार | June 30, 2026

समानुपातिक निर्वाचन अपडेट : समानुतिकतर्फ एमाले अगाडि, माओवादीभन्दा रास्वपा अगाडि



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले ९७ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ हजार २९, नेकपा (माओवादी केन्द्र) ले ४१ हजार आठ सय २३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार आठ सय २१, जनता समाजवादी पार्टी नेपालले नौ हजार १९, जनमत पार्टीले आठ हजार चार सय ८४, नागरिक उन्मुक्ति पार्टीले छ हजार ५९, नेपाल मजदूर किसान पार्टीले पाँच हजार छ सय ७१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच हजार ४०३ मत प्राप्त गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले २९ हजार सात सय ५०, कांग्रेसले २४ हजार नौ सय ७७, माओवादी केन्द्रले १० हजार तीन सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात हजार पाँच सय ८० र जनता समाजवादी पार्टीले पाँच हजार एक सय ४ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले पाँच हजार छ सय, एमालेले पाँच हजार चार सय ८७, जनमत पार्टीले चार हजार तीन सय ९८, जनता समाजवादी पार्टी नेपालले दुई हजार पाँच सय २२ र माओवादी केन्द्रले एक हजार नौ सय ९५ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशमा कांग्रेसले १५ हजार नौ सय २१, एमालेले १५ हजार पाँच सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले नौ हजार पाँच सय छ, माओवादी केन्द्रले सात हजार चार सय ५६ र नेपाल मजदुर किसान पार्टीले पाँच हजार १९ मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले २२ हजार ७०, कांग्रेसले १५ हजार सात सय ७१, माओवादी केन्द्रले चार हजार आठ सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार पाँच सय २४ र हाम्रो नेपाली पार्टीले एक हजार नौ सय ६० मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा एमालले ३२ हजार ४८, कांग्रेसले २३ हजार तीन सय ९९, माओवादी केन्द्रले १० हजार छ सय ५५, राप्रपाले सात हजार पाँच सय १९, नागरिक उन्मुक्ति पार्टीले पाँच हजार छ सय १९ मत प्राप्त गरेको छ ।

कर्णालीमा माओवादीले तीन सय ४३, एमालेले एक सय ७९, कांग्रेसले ९९, राप्रपाले ७० र हाम्रो नेपाली पार्टीले छ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ५९ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी