लमजुङ । लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा टक्कर देखिएको छ ।
निरन्तर लिड गर्दै आएका पृथ्वीसँगको मतान्तर देव गुरुङले घटाउँदै लगेकाछन् ।
क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।
पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् ।
कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।
यद्यपी, राइनास र सुन्दरबजार नगरपालिकाबाट सोचे जति मत नआएको माओवादीले जनाएको छ । अझै पनि करिब २६ हजार मत गन्न बाँकी रहेको छ । बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको मतगणना बाँकी छ । यी दुवै ठाउमा स्थानीय चुनावमा सत्ता गठबन्धन पराजित भएको थियो । तर देव गुरुङका आफन्तहरु यहाँ बढी भएका कारण उनी पक्ष आशावादी देखिएको छ । यस्तै, आफैले पालिका जितेको स्थान भएपनि सोचे जति मत नआउने हो कि भन्दै पृथ्वीपक्ष पनि तनाबमा रहेको छ ।
दुईमध्ये कस्ले चुनाव जित्छ भन्ने दुवैपक्षले अझै पनि सहजै आँकलन गर्न सकेका छैनन् ।



















प्रतिक्रिया