८ मंसिर २०८३, मंगलबार | November 24, 2026

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु



बर्दिया । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो । बेपत्ता भएकी किशोरीलाई अभिभावकले खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ सिमलको झ्याङमा शव फेला परेको थियो ।

चितुवाको आक्रमणबाट मृत्यु भएकी किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । उनको शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको छ ।

बर्दियाको राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाबाट मृत्यु भएको यो दोस्रो घटना हो । गत असोज २२ गते पनि चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–३, तिघ्राका ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो । उक्त चितुवालाई डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर (केज) राखेर एक हप्तामा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १२ : १७ बजे

Your email address will not be published.

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु

मेलामा झडप हुँदा एकाबिहानै बाँकेमा गोली चल्यो

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा एकाबिहानै गोली चलेको छ

विपद् प्रभावित क्षेत्रका लागि बागमती सरकारले छ अर्ब परिचालन गर्ने

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित

सुनकोसी-मरिणको ठेक्का रद्दका कागजात ७ दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको

सुनको प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य