१७ बैशाख २०८१, सोमबार | April 29, 2024

फिफा विश्वकप-२०२२ : आज चार खेल हुँदै



काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् ।

कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले दक्षिण कोरियाविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।

यसैगरी राति ९ः४५ बजेदेखि रंगशाला ९७४ मा सुरु हुने आजको तेस्रो खेलमा समूह ‘एच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्नेछ ।

यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ‘जी’ को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ । यो खेल कतार विश्वकपकै सबैभन्दा ठूलो लुसैल रंगशालामा हुनेछ । लुसैल रंगशालामा ८० हजार दर्शक क्षमताको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : २७ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक