५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ललितपुरमा सम्सांझै सेनाबाट बम डिस्पोज, बिप्लप माओबादीका एक नेता पक्राउ



काठमाडौं । ललितपुरको पुल्चोक नजिकै बिस्फोटक पदार्थ राखेर भाग्दै गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रिय सदस्य (सीसीएम) लाई प्रहरीले पक्राउ गरेको छ ।

पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटनका सानुराजा बज्राचार्य उर्फ श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
बम राखेर भाग्दै गरेका उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सुचनाका आधारमा महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् । उनको कोठाबाट एक थान पेस्तोल, तीन थान सकेट बम बरामद भएको प्रहरीको उच्च श्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका श्यामका विरुद्धमा हातहतियार खरखजाना तथा विष्फोटसम्वन्धी मुद्दा चलाउने तयारीमा प्रहरी रहेको छ ।

उनले राखेको सकेट बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । बम निष्क्रिय पार्नेक्रममा ठुलो आवाज आए पछि स्थानीय त्रसित बनेका थिए । बम राख्नुको कारण र पत्रकार परेका श्यामका बिषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

फोटो : फायल फोटो

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १० : ५० बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान