२३ बैशाख २०८१, आइतबार | May 6, 2024

भ्रष्टाचार मुद्धामा कैद र जरिवाना तोकिएका शेरबहादुर फैसला भएको १३ बर्ष पछि पक्राउ



बुटवल । विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गरि कैद र जरिवाना तोकेपछि फरार भएका एकजना दोषी १३ वर्षपछि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन अनुसन्धान अधिकृत बद्रि श्रेष्ठको जाहेरीले विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै सजाय तोके लगत्तै फरार भएका रेडियो नेपाल प्रशारण सेवा विकाश समिति क्षेत्रिय प्रसारण केन्द्र पोखराका तत्कालिन लेखापाल शेर बहादुर केसी १३ वर्ष पछि पक्राउ परेका हुन् ।

जिल्ला बाग्लुङ कुश्मीसेरा-०९ घर भई रुपन्देही साविक रुद्रपुर-०८ हालको कञ्चन गाँउपालिका वडा नं ३ बस्दै आएका ५१ वर्षिय केसीलाई सालझण्डी प्रहरीले रुद्रपुरबाट पक्राउ गरेको सालझण्डी प्रहरीले जनाएको छ ।

बिशेष अदालतको २०६६ सालको फैसलामा पक्राउ परेका शेरबहादुर केसीले लेखापालको रुपमा वहाल रहँदा रेडियो प्रशारण विभागमा कार्यरत कर्मचारीहरुको तलब समेत आफूले निकाली अपचलन गरेको हुनाले उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै १ वर्ष ६ महिना कैद र रू. ५ लाख ८० हजार ८८१ बिगो बमोजिम जरिवाना सजाँय तोकिएकोमा विगत १३ वर्षदेखी फरार केसीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका केसीलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराईएकोमा कैद भुक्तानका लागी अदालतको आदेशअनुसार कारागार चलान भएको प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : १८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa