२ पुस २०८२, बुधबार | December 18, 2025

दाङ-३ मा कांग्रेसका दीपक गिरी विजयी



घोराही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी विजयी भएका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार गिरीले ३६ हजार ८४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनी योसँगै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

गिरीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेर दोस्रो बनेकी छन् । वलीलाई सात हजार ८१० मतान्तरले पछि पार्दे गिरी विजयी भएका हुन् । सोही क्षेत्रबाट २०७० सालको निर्वाचनमा विजयी भएका गिरी २०७४ सालमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसीसँग पराजित भएका थिए ।

क्षेत्र नं.३ मा ९० हजार १ सय ५० मत खसेको थियो । प्रतिनिधिसभा सदस्यमा विजयी गिरीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ५७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल