२१ माघ २०८२, बुधबार | February 5, 2026

दाङ-३ मा कांग्रेसका दीपक गिरी विजयी



घोराही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी विजयी भएका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार गिरीले ३६ हजार ८४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनी योसँगै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

गिरीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेर दोस्रो बनेकी छन् । वलीलाई सात हजार ८१० मतान्तरले पछि पार्दे गिरी विजयी भएका हुन् । सोही क्षेत्रबाट २०७० सालको निर्वाचनमा विजयी भएका गिरी २०७४ सालमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसीसँग पराजित भएका थिए ।

क्षेत्र नं.३ मा ९० हजार १ सय ५० मत खसेको थियो । प्रतिनिधिसभा सदस्यमा विजयी गिरीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ५७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता