१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पत्रकार एनबी कंडेलको १३ओं पुण्य तिथीमा दुर्घटनास्थलमा दिप प्रज्वलन



बुटवल । सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवा पत्रकार एनबी कंडेलको १३ औं दिनको पुण्य तिथीमा दीप प्रज्वलन गरिएको छ । मंसिर २ गते रुपन्देहीको तिलोत्तमा-२ जानकिनगरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका कंडेलको स्मृर्तिमा दिप प्रज्वलन गरिउको हो ।

दुर्घटना स्थलमै गरिएको दिप प्रज्वलन कार्यक्रममा ट्राफिक सचेतनासहित दिवंगत आत्माको शान्तिको कामना गर्दै ३६५ वटा दीप प्रज्वलन गरिएको छ ।

दिप प्रज्वलन सहितको शोकसभामा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले ट्राफिक असावधानिका कारण धेरैले अङ्गभङ्ग तथा ज्यान गुमाउनु परेका समाचारहरु लेख्नु पर्ने अवस्थाको अन्त्यका लागि सबै सचेत रहनु पर्ने आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई हुमानन्द खनालले ट्राफिक नियमको सबैले पालना गर्नु पर्ने बताउँदै सम्पूर्ण सञ्चार जगतले सचेतनाका लागि सहयोग र सहकार्यका लागि आग्रह गरे ।

दिप प्रज्वलनसँगै श्रद्धाञ्जली सभामा ग्लोबल आवाज डटकमका प्रवन्ध सम्पादक गौतम भूसाल, निर्देशक सृष्टि अधिकारी, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्षमण पौडेल, प्रेस यूनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष श्याम पोखरेल लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ४४ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा