४ आश्विन २०८३, आइतबार | September 20, 2026

उद्योग संघको स्थापना दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन



बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवसको पूर्व सन्ध्यामा दिप प्रज्ववलन गरेको छ । संघको कार्यालय परिसरमा बुधवार साझ आयोजित कार्यक्रममा स्थापनाको ४५ बर्षको प्रतिकका रुपमा ४५ वटा मैनवत्ति बालिएको थियो ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले आर्थिक समृद्धि र औद्योगिक विकासमा रुपन्देही उद्योग संघको स्थापनाले पु¥याएको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताए । उनले संघका हरेक गतिविधि उद्योगको विकास र संरक्षणमा केन्द्रीत हुने प्रतिवद्धता पनि व्यक्त गरे ।

संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोराले संघको गौरवपूर्ण इतिहासलाई आत्मसाथ गर्दै त्यसको गतिविधिलाई बढाएर लैजाने विषयमा सबै उद्योगी व्यवसायीहरुले भूमिका निर्वाहा गर्नु पर्ने धारणा राखे ।

२०३५ साल मंसिर १५ गते संघको स्थापना भएको दिनलाई हरेक वर्ष विविध कार्यक्रमको आयोजना गरि मनाउने गरिएको छ । त्यसैक्रममा बुधवार पूर्व सन्ध्यामा दिप प्रज्ववलन गरिएको संघका महासचिव हरि बहादुर खत्रीले बताए ।

स्थापना दिवसको मुल कार्यक्रम विहिवार आयोजना गरिने छ । त्यस अवसरमा संघले आयोजना गर्न लागेको औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपमा विहाना रक्तदान तथा विरामीहरुलाई फलफुल वितरण गरिने जनाइएको छ ।

संयोजक पाण्डेका अनुसार रक्त संचार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा हुने कार्यक्रममा न्यूनतम रुपमा ४५ युनिट रगत संकलन गरिने छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ७ : ३६ बजे

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना