१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

प्रधानाध्यापक हटाएको भन्दै बेलहियाका विद्यार्थीले गरे तालाबन्दी



भैरहवा । रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाई आन्दोलित बनेका हुन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको थियो । १५ वैशाख ०७७ बाट निमावि तहको राहततर्फका शिक्षक इलियास खान प्रधानाध्यापक भई जिम्मेवारी सम्हाल्दै आएका थिए । विद्यालयका प्रावि तहका शिक्षक सन्जयकुमार धवल गत १५ भदौमा सरुवा भई अन्यत्र गएपछि सरुवा भई १३ भदौमा आएका प्रावि तहका स्थायी शिक्षक अब्दुल रहमान खानलाई नै प्रअको जिम्मेवरी दिएको थाहा पाएपछि विद्यार्थीहरूले पुरानै शिक्षक प्रअ हुनुपर्ने माग गर्दै मुख्य गेटमा ताला लगाएका हुन् ।

विद्यालयको विकासमा धेरै योगदान गरेको र शैक्षिक सुधार भएको भन्दै पहिलाको प्रअलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय सवित्री गुरुङले बताइन् ।

अर्का अभिभावक बासुदेव आचार्यले शिक्षा जस्तो संवेदनशील ठाउँमा भ्रष्टाचार गर्ने जोकोहीलाई निस्कासित गर्नुपर्ने, बालअधिकारको हनन गर्ने र परीक्षाको मुखमा आएर गलत व्यक्तिलाई जिम्मेवारी दिन लागेको भन्दै यथाशीघ्र सच्चयाउनुपर्ने बताए ।

जिम्मेवारी दिन लागेका शिक्षकले अभिभावकहरूलाई आफ्नो बच्चा विद्यालयबाट लैजान, अनाहकमा विद्यार्थीलाई यातना दिने गरेको फुलमति हरिजनले बताइन् । अरु विद्यालयमा उनले गरेको गतिविधिका कारण त्यस्तो व्यक्तिबाट अध्ययन गराउन नहुने उनको तर्क छ ।

अभिभावक र विद्यार्थीहरुले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र क्षेत्रीलाई समेत अनियमितता गरेको आरोप लगाएका छन् । उनले विद्यालयको सम्पत्ति व्यक्तिगत रूपमा प्रयोग गरेका छन् । विद्यालयमा हाँस, कुकुर पालेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रीले आफूले भन्दा पनि नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले प्रअको जिम्मेवारी दिएको बताए । आफूले कुनै अनियमिततता नगरेको बताउँदै उनले सावित भए कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।  सिद्धार्थनगर नगरपलिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साललाई यस विषयमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ३ : १४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित