काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार आइतबार (मंसिर १३ गते) सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ थियो ।
यसअनुसार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।
















प्रतिक्रिया