१० चैत्र २०८२, मंगलबार | March 24, 2026

दोलखा निर्वाचन अपडेट : माओवादीका गंगाको अग्रता कायमै



दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की (विश्व)कै अग्रता देखिएको छ ।

हालसम्म २२ हजार ९६२ मतगणना हुँदा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले नौ हजार ४७७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

दोलखाको प्रदेशसभा ९१० मा १९ हजार तीन सय ६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले नौ हजार तीन सय ६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले सात हजार नौ सय एक मत ल्याएका छन् ।

प्रदेशसभा (२) मा २४ हजार चार सय १० मतगणना हुँदा कांग्रेसका वर्मा लामाले १० हजार चार सय ७२ र एमालेका भरत केसीले नौ हजार आठ सय तीन मत प्राप्त गरेका छन् ।

दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियो ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : ४६ बजे

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि