२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा



काठमाडौं । अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउँन मेम्फिस डिपाए, डेले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले एक-एक गोल गरेका थिए ।

खेलको १०औं मिनेटमा डम्फ्रिसको पासमा नेदरल्यान्ड्सलाई डिपाएले अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डम्फ्रिसकै पासमा डेले ब्लाइन्डले अग्रता दोब्बर पारे ।

खेलको ७८ औं मिनेटमा अमेरिकाका हाजी राइटले अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । तर, ८१ औं मिनेटमा डम्फ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे ।

अमेरिका बाहिरिएसँगै जारी विश्वकपमा उत्तर तथा मध्य अमेरिकी टोलीहरुको चुनौती समाप्त भएको छ । अमेरिका अघि मेक्सिको, क्यानाडा र कोस्टारिका समूह चरणबाटै विदा भइसकेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : १६ बजे

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम