५ पुस २०८२, शनिबार | December 20, 2025

एक अध्ययनको दाबी : विश्वका आधा प्रजातान्त्रिक देश पतनमा



न्युयोर्क। एक अन्तर्राष्ट्रिय थिंक ट्यांकको पछिल्लो प्रतिवेदनले विश्वका आधा प्रजातान्त्रिक देशहरूले अहिले ‘लोकतन्त्रको क्षय’ अनुभव गरिरहेको दाबी गरेको छ । प्रतिवेदनमा कोभिड–१९ महामारी र युक्रेनमा जारी रुसी आक्रमणपछि स्थिति झनै बिग्रिएको दाबी गरिएको छ ।

‘महामारीबाट सुरु भएको आर्थिक संकट र युक्रेन युद्धको आर्थिक परिणामबाट उत्पन्न राजनीतिक नतिजाको तीव्रतासँगै हामी अहिले प्रजातन्त्रका लागि असाधारण गम्भीर हेडविन्ड्स देखिरहेका छौं’, अन्तर्राष्ट्रिय आइडियाका महासचिव केभिन कासास–जामोराले भने, ‘यो हुन सक्छ की चुनवाको विश्वसनीयतालाई चुनौती दिइएको छ । विधिको शासनमाथि हमला भएको हुन सक्छ ।  नागरिकहरूको क्षेत्र नियन्त्रणमा लिइदै छ ।’

प्रतिवेदनले सात वटा प्रजातान्त्रिक देशहरुलाई पहिचान गरेको छ , जहाँ अतिक्रमण सबैभन्दा विषम छ । ती देशहरूमा एल साल्भाडोर, ब्राजिल, हंगेरी, भारत, संयुक्त राज्य अमेरिका, मौरिसस र पोल्याण्ड हुन् । थिंक ट्यांकले सूचीमा अमेरिकाको समावेशलाई चिन्ताजनक प्रवृत्तिका रूपमा लिएको छ । ‘हामीले संयुक्त राज्य अमेरिकामा के देखिरहेका छौं भनेर म धेरै चिन्तित छु’, उनले भने । एजेन्सी

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  २ : ४४ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले