२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

पार्टीभित्र अन्तरघातको छानबिन गर्न कांग्रेस नेता महरको माग



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आमनिर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात–अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले दल र गठबन्धनभित्र भएको अन्तरघातको गहन समीक्षा हुन आवश्यक रहेको बताए।

उनले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर्ने धारणा राखे।

ु‘दलीय गठबन्धनको बैठकले केही निर्णय गर्नु अगाडि पार्टीको बैठकबाटसमेत धारणा बनाएर गठबन्धनको बैठकमा लैजानुपर्छ। नेपाली कांग्रसको जीवनमा लोकतान्त्रिक बाम गठबन्धन नयाँ अभ्यास हो। यस्तो अवस्थामा कांग्रेसप्रति जनताको ठूलो अपेक्षा छ। ती अपेक्षालाई कसरी पूरा गर्ने भन्नेमा कांग्रेस सजग हुन जरुरी छ’,नेता महरले भने। सुशासन कायम गरेर मुलुकमा कसरी भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ भन्ने खाका प्रस्ट पार्दै कांग्रेस नयाँ सरकार निर्माणको छलफल र तयारीमा जुट्नुपर्ने महरले बताए।

ुजनताको आजको चाहना भ्रष्टाचारमुक्त मुलुक हो। कानुनको सफल कार्यान्वयन तथा स्थिर सरकार जनताले चाहिरहेका छन्। त्यो कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव छ। त्यसैले हामीले केन्द्रीय समिति बैठक बोलाएर चाँडो हाम्रो रोडम्याप तयार गर्नुपर्छ’ उनले भने।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत्, सञ्चार र कृषि जस्ता सेवा प्रवाहका मूल विषय कांग्रेसले आगामी दिनमा कसरी अगाडि बढाउँछ भन्नेमा जनतालाई प्रस्ट पारेर सोही अनुरूप अहिलेकै गठबन्धन आबद्ध दलको नेतृत्वमा सरकार बनेर कार्यान्वयनको दिशामा अघि बढ्नुपर्ने महरले औंल्याए।

विशेष गरी युवा जमातमा आएको परिवर्तनको भोक र बेरोजगारीको समस्या ,सवदेश तथा विदेशमा रहेका नेपालीको इच्छा र आकांक्षा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा कांग्रेसको प्रस्ट खाका हुनुपर्ने महरको जोड छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १० : २३ बजे

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक