२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धन छलफलमा



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि गठबन्धनको पहिलो बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी भएका छन् ।

देशव्यापी गठबन्धन गरेर सुविधाजनक बहुमत ल्याउने गरी चुनावमा होमिएको गठबन्धनले सामान्य बहुमतको नजिक पुगेपनि सोचेजस्तो परिणाम हात पार्न नसकेको अवस्थामा गम्भीर समीक्षा हुने बताइएको छ ।

यही गठबन्धनलाई कायम राख्दै नयाँ सरकार निर्माणको विषयमा समेत नेताहरुबीच छलफल हुने भएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला लगायतका सहभागी छन् । माओवादीको तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी भएका छन् भने एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल, महासचिव बेदुराम भुसाल र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडल, हिमलाल पुरी लगायतका नेता सहभागी भएकी छिन् ।

 

 

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ४ : ०३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले