४ चैत्र २०८२, बुधबार | March 18, 2026

चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धन छलफलमा



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि गठबन्धनको पहिलो बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी भएका छन् ।

देशव्यापी गठबन्धन गरेर सुविधाजनक बहुमत ल्याउने गरी चुनावमा होमिएको गठबन्धनले सामान्य बहुमतको नजिक पुगेपनि सोचेजस्तो परिणाम हात पार्न नसकेको अवस्थामा गम्भीर समीक्षा हुने बताइएको छ ।

यही गठबन्धनलाई कायम राख्दै नयाँ सरकार निर्माणको विषयमा समेत नेताहरुबीच छलफल हुने भएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला लगायतका सहभागी छन् । माओवादीको तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी भएका छन् भने एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल, महासचिव बेदुराम भुसाल र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडल, हिमलाल पुरी लगायतका नेता सहभागी भएकी छिन् ।

 

 

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ४ : ०३ बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत