४ पुस २०८२, शुक्रबार | December 19, 2025

संविधान संशोधनले पसिना छुट्यो भारतको, बोल्यो,- नेपालको निर्णय मान्य छैन



काठमाडौं । नेपालले संविधान संशोधन गरेर सीमा वार्ताको वातावरण बिगारेको भारतले आरोप लगाएको छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्साअनुसार निशान छाप परिर्वतन गर्न नेपालले शनिबार संविधान संशोधन गरेपछि भारतले प्रतिक्रिया जनाउँदै वार्ताको वातावरण बिगारेको जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै नेपालको संविधान संशोधनबाट आफ्नो भूमि अतिक्रमण भएको आरोप लगाएका छन् । उनले नेपालको एकपक्षीय निर्णय मान्य नहुने बताएका छन्।

उनले भनेका छन्, ‘सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’

नेपालका राजनीतिक दलहरूले सर्वसम्मत रूपमा नयाँ नक्शा समेटिएको संविधान संशोधन प्रस्तावलाई संसदबाट पारित गरेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ८ : ४७ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ