१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

चोलेन्द्रलाई रोक्न सर्वोच्चमा वकिलहरुको धर्ना



काठमाडौं । संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई क्लिन चिट दिएपछि उनको सर्वोच्च जाने तयारी रोक्न नेपाल बार एसोसिएसनले धर्ना सुरु गरेको छ ।

संसद्का महासचिवले जबरालाई महाभियोग निष्क्रिय भएको पत्र पठाएपछि उनी सर्वोच्च फर्किने तयारीमा रहेका छन् । पत्र सार्वजनिक भए लगत्तै बारको आकस्मिक बैठक बसेर जबरालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको थियो ।

बारले महाभियोग निष्क्रिय पार्ने संसदका महासचिवको निर्णय गैकानुनी भएको निष्कर्ष निकालेको छ । महासचिवलाई महाअभियोग निस्क्रिय बनाउने अधिकार नभएको बारको ठहर छ ।

क्लिनचिटको पत्र बोकेर नियमित कामकाजमा फर्किने तयारी गरेका जबरालाई रोक्नका लागि अहिले सर्वोच्च परिसरमा वकिलहरु भेला भैरहेका छन् । उनीहरुले सर्वोच्चको गेटमा धर्ना दिएका छन् ।

 

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  २ : ०५ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको