२ पुस २०८२, बुधबार | December 17, 2025

पश्चिम सेती ‘ठगको हात’मा परेको छैन, छिट्टै बन्छ : प्रधानमन्त्री देउवा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनिको हातमा परेको भन्दै अव सो योजना पुरा हुनेमा आफु विस्वस्त रहेको बताएका छन् ।

बिहीबार कैलाली उद्योग वाािणज्य संघले आयोजना गरेको सुदूरपश्मि महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अव पश्चिम सेती परियोजना बन्नेमा म ढुक्क भएको छ, किनकी पश्चिमसेती ठग कम्पनिको हातमा परेको छै, अहिले लाईसेन्स पाएको कम्पनि काम गर्ने कम्पनि हो, काम गरेर देखाउने छ ।’

लगानी बोर्ड नेपालले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई लाइसेन्स दिएको छ ।

सो कम्पनि माथी आफुले भरोसा गरेको देउवाको भनाई छ । पश्चिम सेतीसँगै पञ्चेश्वर बहु उद्देश्यीय आयोजना निर्माणमा पनि भारतले तदारुकता देखाएको बताउँदै प्रधानमन्त्री देउवाले सो आयोजना निर्माण भए सुदूरपश्चिमको आर्थिक सोरुप फेरीने बताए ।

प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर लगायत सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताए ।

देउवाले सुदूरपश्चिमको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए ।

उनले सुदूरपश्चिमको मुख्य व्यपारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको वजारीकरणमा मदत पुग्ने बताए । उनले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि भएको भन्दै त्यका लागि आवश्यक पर्ने पुवाृधार निर्माणमा प्रदेश सरकार संग समन्वय गरेर अघि बढ्न केन्द्र सरकार तयार रहेको बताए ।
प्रधानमन्त्रीलाई १५ किलोको माला
कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाउँदै यस क्षेत्रको बिकासका लागि १५ बुद्धे माग राखेको छ । २१ बुँदाबाट शुरु गरिएको महोत्सव केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ । प्रदेशको गौरीफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हब लगायतका मागहरु रहेका छन् ।

वर्षेनी सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गर्दै आएको छ । यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । कैलाली उद्योग वाणिज्य सघंले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ६ : ११ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन