२० माघ २०८२, मंगलबार | February 3, 2026

महोत्तरीको बर्दिबासमा एकै रातमा ३ वटा पसलमा चोरी



महोत्तरी । शुक्रबार राति महोत्तरीको बर्दिवासमा तीन वटा पसलमा चोरी भएको छ ।

बर्दिवासस्थित पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट  चोरी भएको हो ।

खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा माहादेव जेनेरल स्टोरवाट सामान र नगद गरी झण्डै एक लाख बराबरको सामान चोरी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ  ।

त्यसैगरी आराध्या मोटर पार्टसबाट सामान र नगद गरी दुई  हजार बराबरको चोरी भएको उक्त मोटर पार्टसका संचालक बिक्रम थापाले जानकारी दिए ।

आराध्य मोटर पार्टस र खड्का सप्लायर्स कोल्ड स्टोरसगै जोडिएका छन् । खड्का सप्ल्यार्स कोल्ड स्टोरमा पुग्न आराध्या मोटर पार्टसको सटर प्रयोग गरेको पाइएको छ ।

आराध्या मोटर पार्टसबाट मान्छे छिर्न सक्ने प्वाल बनाएर पसलमा चोरी गरेको खड्का सप्ल्यार्स कोल्ड स्टोरका संचालक सुरज खड्काले बताए ।

प्रहरीले शंका लागेका केहीलाई निगरानी बढाएको छ । पीडितहरुले शंका गरेका सेहीनाइ निगरानी बढाइएको इलाका प्रहरी  कार्यालय गौरिडाडाले जनाएको छ ।

प्रहरीको अनुसार पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसलको छानोको जस्ता उखलेर चोरभित्र पसेको देखिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : २९ बजे

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन

एमाले जनताको विश्वासको घर हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले

जनवरीमा मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि

मुस्ताङ । मुस्ताङको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि

अत्यधिक चिसो भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचनमा