२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

कोरोना भाइरस विरुद्ध जडिबुटीद्वारा गरिने उपचार पद्दती विश्वव्यापी लोकप्रिय बन्दै



हामीले परम्परागत चिनियाँ उपचार पद्दती टीसीएमबारे निरन्तर जानकारी दिएका छौं । कोरोना भाइरसको महामारीका बीच कसरी चिनियाँ परम्परागत औषधी विश्वभर लोकप्रिय बन्यो भन्ने तथ्य हामीले दिन खोजेका छौं ।

नेपालमा पनि परम्परागत उपचार पद्दतीको विकास गर्न सक्ने प्रशस्त सम्भावना छ । संसारकै सबैभन्दा पुरानो साहित्य वेदमा आयुर्वेदिक उपचार पद्दतीको बारेमा उल्लेख गरिएको छ । चिनिया परम्परागत उपचार पद्दतीभन्दा आयुर्वेदिक उपचार पद्दती धेरै पुरानो छ । र, आयुर्वेद समृद्ध छ । तर, आयुर्वेदको अनुसन्धान र अन्वेषण नेपालले गर्न सकेको छैन । आयुर्वेदिक उपचार पद्दतीबार अझै पनि आम मानिसको धारणा सकारात्मक बनाउन पहल गरिएको छैन ।

आयुर्वेद र परम्परागत उपचार पद्दतीमा चासो राख्नेहरुका लागि चिनियाँ परम्परागत उपचार पद्दती कसरी विकसित हुँदैछ, चीनले कसरी आफ्नो उपचार पद्दतीलाई विश्वव्यापी बनाउँदैछ भन्ने चासोको सम्बोधन गर्न हामीले आज फेरि अर्को रिपोर्ट प्रकाशित गरेका छौं । चाइना डेलीका लागि झेङ यिरान (बेइजिङ) र वु योङ (वुहान) ले तयार पारेको रिपोर्ट नेपाली पाठकका लागि समेत सन्दर्भ सामाग्री बन्नसक्छ ।


नोवेल कोरोना भाइरसको महामारी सुरू भएसँगै परम्परागत चिनियाँ औषधि (टीसीएम) ले सङ्क्रमित व्यक्तिको रोग प्रतिरोधात्मक शक्तिलाई वृद्धि गर्न र रोगका लक्षणलाई कम गर्न मद्दत गरेको छ । त्यसकारण घरेलु टीसीएम उद्यमहरूलाई विश्वव्यापी प्रकोप विरूद्धको लडाईंमा उपचार सेवाका नयाँ सम्भावनालाई खोज्न चीनले प्रोत्साहित गरिरहेको छ ।

चिउसिन टीसीएम फ्याक्ट्रीका महाप्रबन्धक झु झिगुओका अनुसार “चिउसिन टीसीएमले मात्रै बेलायत, अष्ट्रेलिया र केन्यामा बस्दै आएका चिनियाँ नागरिकलाई करिब चार हजार परम्परागत चिनियाँ मात्रा औषधि पठाएको छ ।’

चीनमा कोरोना भाइरस (कोभिड–१९) विरूद्धको लडाईंका कारण झण्डै दुई महिना जनजीवन निकै कष्टकर बन्यो । त्यसबेला समुद्रपार रहेका चिनियाँ र धेरै अन्य व्यक्तिहरूले सहयोग गरे । अहिले चीनमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा छ तर यतिवेला महामारीले विश्वका अन्य मुलुकमा जनजीवनलाई अस्तव्यस्त बनाएको छ ।

झु ले भने, ‘कम्पनीको टीसीएम सुत्र कोभिड–१९का कारण हुने निमोनियाको रोकथाम र नियन्त्रणसम्बन्धी राष्ट्रिय स्वास्थ्य आयोगको दिशानिर्देशहरू अनुसार तयार पारिएका थिए, जसले महामारी विरूद्ध वुहानको लडाईंमा महत्वपूर्ण भूमिका खेलेको थियो ।’

इटालीस्थित टीसीएमबारे पढाई हुने किहुआङ कलेजका डीन हि चुन भन्छन्, ‘टीसीएमको सूत्र विश्वव्यापी बन्नका लागि महामारी एउटा महत्वपूर्ण माध्यम बन्यो । योभन्दा पहिले टीसीएम उपचार पद्धति चिनियाँ समुदायहरूबीच मात्रै प्रचलित थियो । विदेशमा कोरोना भाइरसको महामारी बढ्न थालेपछि गैर–चिनियाँ नागरिकहरू पनि जडीबुटी किन्न परम्परागत औषधि पसलहरूमा भीड लाग्न थाले । टीसीएम उपचार पद्धतिले थप लोकप्रियता कमायो ।’

बेलायती समाचार संस्था रोयटर्सले बताएअनुसार बेलायतमा कोभिड–१९ को सङ्क्रमण फैलिएपछि बेलायती सवैसाधारणका लागि परम्परागत चिनियाँ औषधिको माग ह्वात्तै बढेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित टीसीएम औषधि भण्डारका लगानीकर्ता (मालिक)ले रोयटर्ससँग कुरा गर्दै भनेका छन्, ‘रोग प्रतिरोधात्मक शक्तिलाई वृद्धि गर्ने चिनियाँ जडिबुटीजन्य उत्पादनहरूको उच्च बिक्री भयो । यो हर्बल औषधिको उच्च मागसँगै त्यहाँ रहेका टीसीएम औषधि पसलहरूले प्रतिव्यक्ति निश्चित मात्रा मात्र किन्न सक्नेगरी सीमा निर्धारण गर्नुपरेको छ । सङ्क्रमण पहिले खासगरी दुईदेखि तीन हप्तामा विक्री हुने यो हर्बल औषधि अहिले केही दिनमा नै विक्री हुन्छ । भण्डारणलाई प्रभावकारी बनाई माग अनुसार तीब्र आपूर्तिको व्यवस्थाका लागि हामीले उपयुक्त उपायहरू सोचिरहेका छौँ ।’

चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानका एक शिक्षाविद झाङ बोली भन्छन्, ‘कोरोना भाइरसको विश्वव्यापी कहरका समय टीसीएमको बृहत् बजारीकरण अभूतपूर्व भएको र उल्लेख्य नतिजा प्राप्त भएको छ । चिनियाँ टीसीएम कम्पनीहरूले आपूर्तिको ग्यारेन्टीको लाभ लिनुपर्छ ।’

डिसेम्बरको अन्त्यतिर वुहानमा सङ्क्रमक रोग फेला परेदेखि चिउसीनले सक्रियताका साथ टीसीएम आपूर्तिको ग्यारेन्टी गर्ने जिम्मेवारी वहन गरेको गरिरहेको छ । यसले साङ्घाई र अन्य ठाउँहरूबाट दर्जनौँ युनिट औषधि तयार गर्ने उपकरणहरू ल्यायो र चिनियाँ जडीबुटी (हर्बल) उपचारको आपूर्तिलाई सुनिश्चित गर्न कम्पनी दिनको २४ घण्टा खटिरहेको छ ।

अहिले विश्वभर चिनियाँ परम्परागत औषधिको माग बढिरहेको छ । औषधी आपूर्ति बढाउनका लागि चीनले उद्योगहरु पनि बिस्तार गरिरहेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १ : ०३ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको