४ पुस २०८२, शुक्रबार | December 20, 2025

पार्टी परित्याग गरेको झण्डै एक महिना पछि एमालेबाट भुसाल र साह निस्कासित



काठमाडौँ ।  एमाले पार्टी परित्याग गरि मंसिर ४ गते सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका नेताहरुलाई पार्टी परित्याग गरेको झण्डै एक महिना पछि पार्टीबाट निश्कासन गरिएको छ । एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई उनीहरुले पार्टी परित्याग गरेको एक महिना पछि पार्टीबाट निस्कासन गरिएको हो ।

आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाइएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए ।

भुसालले पार्टीले  टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए भने साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी  दिएका थिए ।

पार्टीविरुद्ध काम गरेको पाइएपछि केन्द्रीय सदस्यहरु उपेन्द्र साह रौतहट, कुन्दन कुसवाह रौतहट, रामप्रित राम सिराहा, बद्री न्यौपाने सर्लाही, रिता साह सर्लाही, गंगा चौधरी दाङ, टेकबहादुर बलम्पाकी महोत्तरीलाई पनि पदबाट हटाउने सचिवालय बैठकले निर्णय गरेको गुरुङले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको