१७ असार २०८३, बुधबार | July 2, 2026

ग्वाटेमालामा ज्वालामुखी विस्फोटः विमानस्थल, राजमार्ग अवरुद्ध



ग्वाटेमाला सिटी । मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ । विस्फोटपछि लाभा र खरानी फैलिएको छ । आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न बाध्य पारेको छ ।

फुएगो नामको ज्वालामुखी शनिबार र आइतवार राति सक्रिय भयो । पग्लिएको चट्टान र धुवा आकाशमा दुई किलोमिटरमाथिसम्म पुगेको थियो । बतासले खरानीलाई ३५ किलोमिटर (२२ माइल) टाढा ग्वाटेमाला सिटी तर्फ पुर्याएको थियो ।

राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको ला अरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यरातमा अस्थायी रूपमा बन्द गरिएको सिभिल एरोनटिक्सको महानिर्देशनालयले एक विज्ञप्तिमा भनेको छ ।

धावनमार्गनजिकै खरानी फैलिएको थियो । कम्तीमा दुई आगमन उडानहरू डाइभर्ट गर्नुपरेको उड्डयन स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ५२ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)