२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एन प्याब्सन वकतृत्वकलाको उपाधि देवदह बोर्डिङलाई



बुटवल । एन प्याब्सन जिल्ला स्तरीय वकतृत्व प्रतियोगिताको उपाधि देवदह इङलिस बोर्डिङ माविले जितेको छ ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोशियसन नेपाल (एन प्याव्सन) रुपन्देहीको आयोजनामा मंगलबार भएको प्रतियोगितामा देवदह ईङलिस बोर्डिङ माविकी विद्यार्थी वृन्दा पाण्डेले उपाधि जितेकी हुन ।

निजी लगानीका विद्यालयमा अभिभावक र विद्यार्थीहरुको आकर्षण विषयमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा जिल्लाका डेढ दर्जन प्रतिस्पर्धा बिद्यार्थीलाई पछी पार्दै पाण्डेले नगद ५ हजारसहित शिल्ड तथा प्रमाणपत्र हात पारेकी हुन ।

यस्तै प्रतियोगितामा न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुलका खुसी घर्तीमगर द्वितीय भए । उनले नगद ३ हजार ५ सय नगदसहित शिल्ड तथा प्रमाणपत्र हात पारे । त्यसैगरी प्रतियोगितामा ग्लोरी ईङलिस बोडिङ्ग स्कुलका सृष्टि भण्डारी तृतिय र ग्यालेक्सी ईङलिस बोडिङ्ग स्कुलका स्वीकृती पाण्डेले प्रोत्साहन पुरस्कार हात परे । उनीहरुले क्रमश दुईदुई हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका हुन ।

प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै लुम्विनी प्रदेश सभा सदस्य आशिषकुमार चौधरीले गुणस्तरीय शिक्षाले मात्र देशको विकास हुने बताए । उनले शिक्षाको विकासको लागि आफुले प्रदेश सभामा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सांसद चौधरीले शिक्षाको विकास विना कुनैपनि क्षेत्रको प्रवद्र्धन हुन नसक्ने बताउदै शिक्षाको विकासमा नीजि क्षेत्रको अह्म भूमिका रहेको बताए । उनले शिक्षामा नीजि क्षेत्रले गरेको लगानी संरक्षण गर्ने दायित्व सरकारको रहेको बताए । उनले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेपनि प्रतिफल भने आउन नसकेकोमा जोड दिए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल रुपन्देहीका अध्यक्ष पुरुषोत्तम वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याप्सनका केन्द्रिय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रिय सदस्यद्वय विष्णुप्रसाद पौडेल, देउप्रकाश राई, लुम्विनी प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना लगायतले नीजि विद्यालय र सामुदायिक विद्यालयलाई राज्यले समान दृष्टिकोणले हेर्न नसकेको बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल रुपन्देहीका सचिव अमरनाथ पाठकको संचालनमा भएको कार्यक्रममा कविराज पौडेलले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ३० बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब