१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा शनिबारदेखि खेलकुद कार्यक्रम



बुटवल । नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा शनिबारदेखि नवौ नेशनल प्याब्सन खेलकुद कार्यक्रम २०७९ हुने भएको छ । दुई दिन हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बश्यालले रामनगरस्थित खेलमैदानमा हुने प्रतियोगिताको मैदान, खेलाडी दर्ता लगायत सबै तयारी पूरा भएको बताए । वि.सं. २०६८ सालदेखि हरेक वर्ष हुँदै आएको खेल सप्ताह २०७७ र २०७८ कोरोना महामारीका कारण रोकिएको थियो ।

कार्यक्रममा एनप्याब्सनका केन्द्रीय सचिव कृष्ण प्रसाद पौडेलले संघीयतासंगै विद्यालयस्तरमा हुने धेरै प्रतियोगिता ओझेलमा परेको बताए । तीन तहकै सरकारको खेलमा ध्यान जान नसकेको दुःखेसो गर्दै निजी क्षेत्रकै भरमा खेलकुद चलेको उनले दावी गरे ।

केन्द्रीय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, विष्णुप्रसाद पौडेल, केन्द्रीय सल्लाहकार राजु गुरुङ, प्रदेशका सहसचिव जेबी क्षेत्री, सल्लाहकार तिलक केसी, उपाध्यक्ष बिलप्रसाद गुरुङ, सचिव बाबुराम बन्जाडेले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित वर्षभरि नै कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा संयोजक विनोद थापामगरले शैक्षिक क्यालेन्डर बनाएर कार्यक्रम गर्दै आएको बताए ।

सब जुनीयर, जुनीयर र सिनीयर गरी उमेर समूहलाई १५ ईभेन्टमा प्रतियोगिता हुने उनले बताए । सब जुनीयरमा ५० मिटर, १ सय मिटर, चम्चा दौड, कुर्ची दौड गरी ४ ईभेन्टमा छात्रछात्राका खेल हुनेछन् । जुनीयरतर्फ १ सय मिटर दौड, २ सय मिटर दौड, रिले दौड, टेबलटेनिस गरी ४ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् । सिनीयरतर्फ २ सय, ४ सय, रिले दौड, सटपुट, हाईजम्प, लङजम्प र टेबलटेनिस गरी ७ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् ।

विद्यालयबाट उत्कृष्टता हासिल गरेका २९ वटा विद्यालयका सब जुनीयरतर्फ २ सय ३२, जुनीयरतर्फ ३ सय ९२, सिनीयरतर्फ ५ सय ४० जना तथा सिनीयरतर्फ कक्षा ११ र १२ को रिले छात्रछात्रा ईभेन्टतर्फ ४० गरी १ हजार २ सय ४ जना विद्यार्थीहरुले खेलमा भाग लिने छन् । संघमा आवद्ध रुपन्देहीका ५७ विद्यालयमध्ये यो वर्ष २९ विद्यालयका २३ हजार २ सय बढी विद्यार्थीबाट विजेता भएर छनौट खेलाडीहरुले भाग लिनेछन् ।

प्रतियोगितामा सहभागिताका लागि सब जुनीयर टिमलाई ३ हजार रुपैयाँ, जुनीयर टिमलाई ५ र सिनीयर टिमलाई ७ हजार रुपैयाँ सहभागी शुल्क राखिएको उनले बताए । दुई दिन चल्ने प्रतियोगितामा ४ लाख खर्च हुने अनुमान आयोजकको छ । आठौमा देवदह ईङलिस बोर्डिङ स्कुल विजयी भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : ३१ बजे

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि