६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कतार विश्वकप : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता



काठमाडौं । कतारमा जारी फुटबल विश्वकपको सेमिफाइनलको पहिलो खेलमा क्रोएसियामाथि अर्जेन्टिनाले २ ० को अग्रता लिएको छ ।

क्रोएसियाली खेलाडीले गल्ती गरेपछि खेलको ३४ औं मिनेटमा अर्जेन्टिनालाई रेफ्रीले पेनाल्टी दिए । कप्तान लियोनल मेस्सीले कुनै गल्ती नगरी पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो गोलको पाँच मिनेट नवित्दै खेलको ३९ औं मिनेटमा ९ नम्वर जर्सीका जुलियान अल्भारेजले सुन्दर गोल गर्दै आफ्नो टिमको अग्रतालाई दोब्बर पार्न सफल भए ।

पहिलो हाफको सफलतालाई दोस्रो हाफमा जोगाउन सकेमा अर्जेन्टिना फाइनलमा प्रवेश गर्नेछ ।

लियोनल मेस्सीले विश्वकपमा ११ गोल गरेका छन्, जुन प्रतियोगिताको इतिहासमा कुनै पनि अर्जेन्टिनाका खेलाडीमध्ये सबैभन्दा धेरै हो।

 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १ : ४४ बजे

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौं । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी