१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

उत्तरले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छः दक्षिण कोरिया



प्योङयाङ । उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले बताएका छन् । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भन उनले विवरण दिएनन् । ‘आणविक परीक्षण कहिले हुन सक्छ भनेर ठ्याक्कै थाहा पाउन गाह्रो छ’, उनको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले जनाएको छ ।

उत्तरले यस वर्ष अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम) सहित ठूलो संख्यामा मिसाइलहरू प्रहार गरेको छ । सन् २०११ मा किम जोङ उनले सत्ता ग्रहण गरेपछि यो संख्या सबैभन्दा बढी हो । गत महिना किमले उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति प्राप्त गर्ने भएको बताएका थिए । उनले अप्रत्यक्ष रुपमा परमाणु शक्तिले राज्य र जनताको गरिमा र सार्वभौमसत्ताको रक्षा गर्ने बताएका थिए ।

उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ । उत्तरले आफूमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनु पर्ने भन्दै परीक्षणलाई झनै तीब्र पार्दै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ४ : २७ बजे

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल

सामान्य सवारीका बीच राष्ट्रपति पौडेल पुगे संसद भवन

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र

दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

नयाँदिल्ली भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी