१८ असार २०८३, बिहिबार | July 2, 2026

सिद्धार्थनगरको सडक र फुटपाथ अतिक्रमण हटाइदै



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक र फुटपाथ अतिक्रमण हटाउने क्रम जारी राखेको छ ।

सडक र फुटपाथ अतिक्रमण हटाउनका लागि पालिकाले नगर प्रहरी परिचालन गरेको छ । बिहीबार नेपाल प्रहरीको समन्वयमा पालिकाबाट खटिएको नगर प्रहरीले नगर क्षेत्रको सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको विभिन्न साम्रगी नियन्त्रणमा लिएको छ । त्यस्तै संरचना हटाइएको छ ।

सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको एक थान मोटरसाइकल, ठेला, काठ, विभिन्न प्रकारका साइन बोर्ड, फर्निचरलगायतका साम्रगी नियन्त्रणमा लिइएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले बताए ।

‘हामीले विगत केही महिनादेखि सडक र फुटपाथ अतिक्रमण गर्न नगर प्रहरी खटाएर सबैलाई सचेत गराउँदै आएका थियौ’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘अटेर गरिरहेका उपर अब कारवाही प्रक्रिया सुरु गरेका छौं ।’

नियन्त्रणमा लिइएका साम्रगी लिन आउने व्यवासायीको व्यवसाय सम्बन्धिका कागजात समेत हेर्ने गरिएको छ । यदि केही कैफियत देखिएमा त्यस उपर पनि कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : १५ बजे

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित