२२ भदौ २०८३, सोमबार | September 7, 2026

भारतीय चर्चित अभिनेता विवेक ओबेरोयले गरे चन्द्रागिरि हिल्स भ्रमण



काठमाडौं । भारतकाचर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकन गरे ।

अभिनेता ओबेरोयलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

ओबेरोयले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकिय गन्तव्यकोरुपमा चन्द्रागिरि रहेको बताए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : ५१ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा