६ आश्विन २०८३, मंगलबार | September 22, 2026

लुम्बिनीमा दुई महिनामा ६१ लाख दानको रकम संकलन



भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दान वापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार सकिएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको हो ।

आन्तरीक र वाह्य पर्यटकको संख्या बृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले जानकारी दिए ।

अघिल्लोपटक ३ महिनामा एक पटक गणना गरिएकोमा यस पटक दान पात्र छिटटै भरिएकाले दुई महिना नपुग्दै गणना शुरु गरिएको हो । गत असोज ३० गते गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानवापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि हुन थालेको छ ।

अहिले लुम्बिनी भ्रमणको सिजन समेत शुरु भएकाले छिमेकी देश भारत सहित थाईलेण्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनाथी आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनी विकास कोषको सुचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरीक अर्थात नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् ।

यस्तै नोभेम्र महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्यमुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनीमा पाईला टेकेका छन । नोभेम्रमहिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सुचना शाखाको तथ्यांकमा उल्लेख छ । भेयतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ०२ बजे

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक