६ पुस २०८२, आइतबार | December 21, 2025

भारतीय जनता पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्ने



काठमाडौं । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोको पछिल्लो बयानप्रति आपत्ति जनाउँदै भारतीय जनता पार्टी (भाजपा) ले आज शनिबार देशव्यापी विरोध प्रदर्शन गर्नेभएको छ । विरोधका क्रममा विदेशमन्त्री भुट्टोको पुतला दहन गरिने जनाइएको छ

प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा पाकिस्तानी विदेशमन्त्री भुट्टोले आफ्नो अभिव्यक्ति दिएको सो दलले आरोप लगाएको छ । भाजपाले भनेको छ, “पाकिस्तानी विदेशमन्त्री भुट्टोको पछिल्लो अभिव्यक्ति लाजमर्दो र निन्दनीय छ ।” भाजपा कार्यकर्ताहरुले अभिव्यक्तिको विरोधमा शुक्रबार पनि प्रदर्शन गरेका थिए । आज भारतका सबै राज्यका मुख्य शहरमा प्रदर्शन गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भाजपाले विदेशमन्त्री भुट्टोको पछिल्लो अभिव्यक्ति हतास मानसिकताको उपज भएको जनाएको छ । पाकिस्तानको सम्बन्ध विश्व राजनीतिसँग विग्रदै गएको र त्यहाँ आतंकवादीको गढ बन्दैगएको भन्दै त्यस्तो अभिव्यक्ति नदिन पनि सचेत गराएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सम्बन्ध विश्वका सबै देशबाट बनिरहेका बेला हतास भएर पाकिस्तानी विदेशमन्त्रीको पछिल्लो अभिव्यक्ति आएको भाजपाले टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालयले पनि अभिव्यक्तिको विरोध गरेको छ । पाकिस्तानलाई आफ्नो मानसिकता बदल्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : १६ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा