१५ माघ २०८२, बिहिबार | January 29, 2026

सभापति देउवाले बोलाए नवनिर्वाचित कांग्रेस सांसदहरुको भेला



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् ।

देउवाले आज दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।

निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : २० बजे

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको