६ पुस २०८२, आइतबार | December 21, 2025

निस्पक्ष चुनाव नभए पाकिस्तान डुब्छ : इमरान खान



तेहरान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देश डुब्न लागेको टिप्पणी गरेका छन । पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)को सरकारहरूले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्न डिसेम्बर २३ मा आफ्ना विधानसभाहरू भंग गर्ने बताइरहेका  बेला पूर्वप्रधानमन्त्री खानले देश डुब्न लागेको चेतावनी दिएका हुन् ।

‘जबसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुँदैन, हामी सबैलाई देश (पाकिस्तान) डुब्ने डर छ’, पीटीआईका अध्यक्ष खानले पञ्जाबका मुख्यमन्त्री परवेज इलाही र खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानसँगको भिडियो सम्बोधनमा भने ।

खानले स्वतन्त्र र निष्पक्ष निर्वाचन नै पाकिस्तानको समस्याको एकमात्र समाधान भएको बताए । सरकार हार्ने डरले नयाँ चुनावबाट ‘डराएको’ उनले आरोप लगाए ।

उनले भने, ‘दुवै सभा विघटन गरेपछि प्रदेशमा चुनाव गराउँछौँ । नेसनल एसेम्ब्लीमा हाम्रा सदस्यहरूको राजीनामा स्वीकृत भएको छैन सभामुखलाई राजीनामा स्वीकृत गर्न आग्रह गर्नेछौँ,’ उनले भने । -एजेन्सी

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : ३४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ