२८ चैत्र २०८२, शनिबार | April 11, 2026

चीनको राजधानी बेइजिङमा लगातार तेस्रो दिन पनि थपिए ३६ कोरोना संक्रमित



बेइजिङमा लगातात तेस्रो दिन पनि कोरोना भाइरसका नयाँ संक्रमित देखिएपछि चिनियाँ अधिकारीहरु चिन्तित भएका छन् ।

पछिल्लो २४ घण्टामा बेइजिङमा मात्रै ३६ नयाँ संक्रमित देखिएका छन् । जबकी देशभर ४९ संक्रमित थपिएका छन् । लगातार दोस्रो दिन रेकर्ड संख्यामा संक्रमितको मामिला आएको हो ।

एक दिन पहिला पनि यत्तिकै संख्यामा मानिसहरु कोरोना संक्रमित भएका थिए ।

अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार नयाँ संक्रमितको सम्बन्ध बेइजिङको हेडियान क्षेत्रमा रहेको एक थोक सब्जीमण्डीमा जोडिएको छ । जसका कारण यो बजार क्षेत्र र आसपासको इलाकालाई लकडाउन गरिएको छ ।

यसअघि, गत साता बेइजिङमा नयाँ संक्रमित एक ठूलो मण्डीमा देखिएको थियो । शिनफाडी नाम गरेको यस मण्डीलाई बन्द गरिएको छ । र, आसपासका हजारौं बासिन्दाको कोरोना परीक्षण गरिएको छ ।

कोरोना महामारी सबैभन्दा पहिला चीनमै देखिएपनि चीनले सबैभन्दा पहिला नियन्त्रणमा पनि लिएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : २९ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र