७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

२ जना महिला बेचेको मुद्दामा ३० वर्ष कैद फैसला भई फरार रहेका अभियुक्त ६ वर्षपछि पक्राउ



बुटवल । मानव बेचबिखन मुद्दामा अदालतबाट सजाँय भएका एकजनालाई फैसला भएको ६ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २ जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा कपिलवस्तु जिल्ला अदालतबाट कसुर करार गरि कैद तथा जरिवाना तोकिएका रुपन्देही रुद्रपुरका मिनबहादुर बिकलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।

अदालतको मिती २०७४ असार १९ गते को फैसलाले मानव वेचविखन कसुरमा ३० बर्ष कैद र २ लाख ५० हजार जरिवाना तथा १ लाख २५ हजार पिडित महिलाहरुलाई क्षतिपुर्ती दिलाउने फैसला भई फैसला लगत्तै परार रहेका रुपन्देही जिल्ला साविक रुद्रपुर ३ हालको कञ्चन गाउँपालिका ५ बस्ने आरने माईला भन्ने वि.कलाई ईलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले दिएको घटना विवरण अनुसार २०७० सालको कार्तिक महिनाको अन्तिमतिर घरको आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदुरी गरी जिवन निर्वाह गरीरहेका २ जना महिलालाई राम्रो काम र राम्रो पैसा कमाइन्छ भनी प्रलोभन देखाई २ जना पिडित महिलाहरु परिवर्तित नाम फुलमाया र लक्ष्मीलाई चन्द्रौटास्थित घरबाट हिडाली सोही दिन राति दाङको भालुवाङ्ग स्थित होटेलमा राखी सालिकराम वि।क ले आरने माईला भन्ने मिन बहादुर वि।क कामीलाई बोलाई यो मेरो भतिजो हो तिमिहरु यसैसँग जानु राम्रो खाना, पैसा र काम लगाईदिन्छन भनि चिनजान गराई सालिकरामले २ जना महिलालाई आरने माईलाको जिम्मा लगाएर आफू उम्किन्छन ।

त्यसपछि आरने माईला भन्ने मिन बहादुर बि।क ले फुलमाया र लक्ष्मीलाई जागिर, खाना र लवाई खवाईको प्रलोभनका कुरा सुनाउँदै त्यहाँबाट बस चढाई नेपालगञ्ज हुँदै रुपेडीया नाकाबाट भारतको पंजाव स्थित जालन्धर शहरको फिरोजपुरमा लगी वग्गी नाम गरेको मानिसलाई देखाई तिमीहरुको मालिक यही हो कामकाज गर्न तयार हुनु भन्दै जवरजस्ती सादा कागजमा ल्याप्चे लगाईदिई काम पक्का भयो भनी आरने माइलाले गोप्य रुपमा वग्गीलाई भेटी पिडित महिलालाई छाडी आफु समेत बेपत्ता भएका थिए ।

फिरोजपुरका बग्गीले अर्धनग्न महिलाहरु नाच्ने होटलमा लगी तिमीहरु पनि भोलिदेखी यसैगरी नाच्नुपर्छ भनी त्यहाँ रहेका अन्य मानिसले पिडित महिलाहरुको शरीर सुमसम्याउन लागेकोमा किन यसो गरेको भन्दा तिमिहरुलाई मैले पैसा दिएर किनेको हो, तिम्रो मानिसले मसँगबाट रुपैया लगेको हो भनेपछि मात्रै उनिहरुले आफुहरु बेचिएको थाहा भएपछि १५र२० दिन बेचिएका महिलाहरुले गर्नुपर्ने काम गरेपछि कोहि नभएको मौका छोपी भागी नेपालको कृष्णनगर बोर्डरमा रहेको पुनस्थापना गृहको संरक्षणमा आएपछि २०७० सालको पौष महिनामा ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु मार्फत मानव वेचविखन तथा ओसारपसार मद्दा दर्ता गरी अनुसन्धान भएको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा प्रतिवादी सालिकराम बि.क लाई पक्राउ गरी अनुसन्धान गर्दा आरने माईला भन्ने मिन बहादुर कामीले नै पिडित महिलाहरुलाई आफै भारतको जालन्धरमा लिई गई उतै फरार रहेको खुलेपछि मुख्य कसुरदार मिन बहादुर कामी नै ठहरी कपिलवस्तु जिल्ला अदालतले मानव वेचविखन ओसारपसार ऐन २०६४ अनुसार कैद, जरिवाना र क्षतीपूर्ती भराउने फैसला गरेको थियो ।

पक्राउ परेका विकलाई कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागी कारागार कार्यालय कपिलवस्तुमा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : १६ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र