२९ माघ २०८२, बिहिबार | February 13, 2026

मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी



बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । बुटवलमा आजबाट शुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताएकी हुन् ।

उनले मुलुकको ब्यापार घाटा कम गराउन कृषिमा आधारित उद्योगहरुको स्थापना, आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने सुझाव दिँदै उद्योगी व्यवसायीहरुलाई त्यस तर्फ जोड्नु पर्ने बताइन् । उनले खेतलाई बाँझो रहन नदिने, पर्यटनको प्रवद्र्धन गर्ने तथा स्वदेशी उत्पालन प्रयोगमा जोड दिन आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताइन् । उनले राज्यको ढुकुटीमा आफ्नो श्रमबाट कर तिरेर टेवा पु¥याउने उद्योगी व्यवसायी र कृषि क्षेत्रमा पसिना बगाउने कृषकको योगदान प्रति ध्यान पु¥याउन राज्यको ध्यानाकर्षण गराइन् ।

राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक रहेको पनि बताइन् । “विमानस्थललाई व्यवस्थित रुपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकास सँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ, यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ”–उनले भनिन् ।

कार्यक्रममा बोल्दै संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तिय संस्थाहरु जिम्मेवार बनेर प्रस्तुत नभए सरकारले नीतिगत हस्तक्षप गर्ने बताए । उनले उद्योगी व्यवसायीहरुले आर्थिक समस्या झेलिरहेका बेला बैंक तथा वित्तिय संस्थाहरु जिम्मेवार बन्नु पर्ने बताए ।

उनले कोभिड माहामारीको नकारात्मक असर आर्थिक क्षेत्रमा देखिंदै आएको उल्लेख गर्दै अव बन्ने नयाँ सरकारको सम्पूर्ण ध्यान आर्थिक क्षेत्रमा जानुपर्ने बताए । गृहमन्त्री खाँणले निर्वाचन सम्पन्न भएसँगै मत मतान्तरले समाधान पाउँदै आएको दाबी गर्दै राजनीतिकरुपमा उठेका मुद्दाहरू सम्बोधन हुँदै गएको जिकिर गरे । निर्वाचनबाटै मुलुकको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्सास दिलाएको उनको भनाई छ ।

प्रदर्शनीलाई मनोरन्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तर कलेजका प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल टिकटक ट्यालेन्ट हण्ट आदि प्रतियोगिताहरु रहने आयोजकले जनाएको छ ।

उद्योगसंघ सहित लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ काठमाण्डौ समेत आयोजक रहेको महोत्सवमा ७ लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । पौष ७ देखि १९ गतेसम्म सञ्चालन हुने मेलामा विद्यार्थीका लागि ५० तथा अन्यका लागि ६० रुपैया प्रवेश टिकटको व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : ४९ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक