८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

युक्रेन युद्धले विश्व साम्राज्यवादमाथि संकट चुलिएको कम्युनिष्ट अन्तर्राष्ट्रिय को–अर्डिनेसन केन्द्रको ठहर



काठमाडौं । क्रान्तिकारी पार्टी र संगठनको अन्तर्राष्ट्रिय को–अर्डिनेसन (आईसीओआर) ले युक्रेन युद्धका कारण विश्व साम्राज्यवादी संरचनात्मक पद्धतीलाई संकटग्रस्त बनाएको ठहर गरेको छ । साम्राज्यवाद र फासिवादमाथिको संकटले समाजवाद स्थापनाको आधार खडा गर्नसक्ने आईओआरले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निमन्त्रणामा हालै काठमाडौं आएकी आइकोर संयोजक मोनिका गार्टनरले युक्रेन–रसिया युद्धले गुणात्मक छलाङ मारेको बताइन् । यसले विश्व साम्राज्यवादमाथि आर्थिक, राजनीतिक, सैनिक लगायतका संकट उत्पन्न गरेको भन्दै युद्धले समग्र मानवजातीका लागि समेत नयाँनयाँ संकट खडा गरेको बताइन् ।

नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) की नेत्री गार्टनरले भनिन् , ‘अहिलेको संकटको मुख्यविन्दु युक्रेन युद्ध हो । यसले साम्राज्यवादी संरचनात्मक पद्धतीमा ब्यापकसंकट ल्याएको छ । परम्परागत साम्राज्यवादी शक्तिहरुमा यसले राजनैतिक, आर्थिक, सैनिक संकट बढाएको छ । साथसाथै, आर्थिक, वित्तिय उपनिवेशवादी परनिर्भरता, भोकमरी, महंगी, वातावरणी विनाश, शरणार्थी समस्या जस्ता संकटहरु पनि निम्त्याएको छ ।’ साम्राज्यवादी स्थायित्व अब युक्रेन युद्धपछि अस्थायित्व बनेको उनले बताइन् । यसले मुलतःदुईवटा विकल्प तेस्रो विश्वयुद्ध वा समाजवादी क्रान्ति ल्याउने गार्टनरको भनाई छ ।

‘युक्रेन युद्ध अगाडि बढ्दै गए तेस्रो विश्वयुद्ध हुनपनि सक्छ । तेस्रो विश्वयुद्ध हुने अवस्थामा आणविक हतियार प्रयोगका कारण मानवजातीकै अस्तित्व संकटमा पर्न सक्छ’ आईसीओर संयोजक गार्टनरले भनिन् , अथवा साम्राज्यवादी अन्तरविरोध बढ्दै जाँदा जनताको प्रतिकारबाट समाजवादी क्रान्ति हुन सक्छ । यस्तो अवस्थामा मार्क्सवादी लेनिनवादीहरुले मजदुर वर्गलाई अझ बढी क्रान्तिमुखी बनाउनुपर्छ ।’
गार्टनरले अमेरिकाले नाटो (सैनिक संगठन)को नेतृत्वगरिरहेको र यो नै विश्व शान्ति खलल पुर्याउने मुख्य नाइके भएको बताइन् ।

नेकपा (मसाल) आइकोरको सदस्य संगठन हो । नेपाल आएका जर्मन कम्युनिष्ट पार्टी एमएलपीडीका नेताहरुलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले स्वागत गरेका थिए ।

काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत मसाल सम्बद्ध विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ५ : ३३ बजे

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन

आइपिएलको फाइनल प्रवेशका लागि आज हैदराबाद र कोलकाता भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ चरणको पहिलो

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा