३ माघ २०८२, शनिबार | January 17, 2026

हवाइजहाज ‘होल्ड’ हुँदा पद तथा गोपनीयताको शपथ लिनबाट छुटे पासाङ



खोटाङ । हवाइजहाज आकाशमा ‘होल्ड’ हुँदा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ बिहिबार पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका छन् ।

भद्रपुरबाट हवाईजहाजमार्फत काठमाडौं जानेक्रममा काठ्माडौं पुगेपछि आकाशमै ३८ मिनेट होेल्ड हुँदा प्रतिनिधिसभा सदस्य राई पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका हुन् ।

बिराटनगरबाट फ्लाईट ढिला हुने भएपछि प्रतिनिधिसभा सदस्य राई काठमाडौं जानका लागि भद्रपुर पुगेका थिए । जहाज आकाशमै ट्राफिक जाममा पर्दा पद तथा गोपनीयताको शपथ लिन जानका लागि १० मिनेट ढिला भएको प्रतिनिधिसभा सदस्य राईले बताए ।

बिहिबार छुटेका राई सहित अन्य प्रतिनिधिसभा सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने छन् । राई एमालेका उम्मेदवार बिशाल भट्टराईलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

राई प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री थिए । पद तथा गोपनीयताको शपथको अघिल्लो दिन उनले पदबाट राजीनामा दिएका थिए ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ३० बजे

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य नेकपामा प्रवेश

काठमाडौं । जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत

राष्ट्रिय सभामा एमालेसँग गठबन्धन होईन सहमति : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग भएको सहमतिलाई

ललितपुरबाट एकल सिफारिसमा परेका नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट

आयोगले मान्यता दिएको विशेष महाधिवेशनलाई देउवा समूहले भन्यो ‘तथाकथित’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन

एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन नेता तथा कार्यकर्तालाई कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले एकता र सद्भाव कायम