१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जमानत बचाउन नसकेको नेपालगन्जमा कांग्रेसले सम्झ्यो कृष्णप्रसाद भट्टराई



नेपालगन्ज । पार्टीको पूर्व सभापति एवं प्रधानमन्त्री सुशिल कोईरालाको गृह जिल्ला तथा गृह नगर भएरपनि निर्वाचनमा जमानत बचाउन नसकेको नेपाली कांग्रेसले काँग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको भने सम्झना गरेको छ । स्वर्गीय भट्टराईको ९८औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालय नेपालगञ्जमा स्वर्गीय भट्टराईको ब्यक्तित्वमाथि आज नेपालगञ्जमा चर्चा गर्दै स्व. भट्टराईको स्मरण गरेको हो ।

भट्टराईको ब्यक्तित्वको विषयमा आयोजित विचार गोष्ठीमा बक्ताहरुले कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली राजनीतिमा पुर्याएको योगदान र उनको अनुकरणीय ब्यक्तित्वमाथि चर्चा गरेका थिए । स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताको पहिचान बनाएका भट्टराईले देखाएको वैचारिक स्पष्ट अडान, सैद्धान्तिक निष्ठा, नैतिकता र त्यागको मार्गदर्शनलाई अंगाल्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बक्ताहरुको भनाई छ ।

कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पूर्व जिल्ला सभापति एवम् राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, लुम्बिनी प्रदेशसभा सदस्य सुशीला बादी नेपाली, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायतले स्वर्गीय भट्टराईको बहुआयामिक व्यक्तित्वका विषयमा धारणा राखेका थिए ।

सन्त नेताको पहिचान बनाएका स्वर्गीय भट्टराई प्रजातन्त्रप्रतिको निष्ठाबाट अबिचलित अनुपम उदाहरण बन्न पुगेका थोरै नेताहरु मध्येका एक हुन् । उनी दुई पटक प्रधानमन्त्री बनेपनि उनीमाथि कसैले प्रश्न उठाउन सकेनन् ।

२०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै काठमाण्डौंबाट पार्टी भित्रकै अन्तर्घातका कारण चुनाव हारेपछि उनले एउटा ट्याङ्का, सुराही र छाता बोकेर बालुवाटार छाडेको विषयलाई धेरैले स्मरण गर्ने गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : ४७ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू