१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

बुटवलमा आज ४ बजे देखि नेपथ्यको लाईभ कन्सर्ट



बुटवल । मानवसेवा आश्रमको सहयोगार्थ देश दौडाहामा रहेको नेपथ्य ब्याण्डले आज बुटवलमा आफ्नो लाईभ कन्सर्ट गदैंछ । बुटवलको रामनगरमा रहेको मानवज्ञान मावि खेल मैदानमा नेपथ्य ब्यान्डको लाईभ कन्सर्ट हुने भएको हो ।

६ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको थियो । टोलीलाई बिहीबारै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेवी अर्यालले फूलमालासहित स्वागत गरेका थिए ।

मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीका अनुसार कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको छ । ६ हजार सहभागीहरु अट्ने गरि मैदानको व्यवस्थापन गरिएको अधिकारीले बताए ।

खेल मैदानको क्षमतालाई मध्यनजर गर्दै बुटवलको कन्सर्टका लागि ६ हजार थान टिकट मात्र वितरण गरिएको मानव सेवा आश्रमकी केन्द्रीय सचिव सुशिला केसीले बताईन् ।

‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम बुटवलका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको लुम्बिनी प्रदेशस्थित संयोजक सरु अधिकारीले बताईन । कन्सर्टको लाभांशले मानवता प्रवद्र्धनका साथै बुटवलमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरी यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

आज अपरान्ह ४ बजेबाट ८ बजे सम्म नेपथ्यका प्रमुख भोकल अमृत गुरुङ सहितको टोलीको प्रस्तुती रहने आयोजकले जनाएको छ । आज बिहानै रियाजमा जुटेका गुरुङ दिनभरी मौन ब्रत बसेर ४ बजे स्टेजमा प्रस्तुत हुने नेपथ्यले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ४१ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला