३० बैशाख २०८१, आइतबार | May 12, 2024

नेपथ्यका चर्चित गायक अमृत गुरुङले दलका नेताहरुलाई भने ‘आत्मालोचना गर र देश निर्माणमा एकजुट हौ’



बुटवल । ‘मानवताका लागि संगीत अभियान’ अन्तर्गत बुटवलमा आठौ प्रस्तुति लिएर आएको नेपथ्य ब्याण्डका प्रमुख गायक अमृत गुरुङले राजनीतिक दलका नेताहरुलाई आत्मालोचना गर्दै दलगत विचार भन्दा माथि उठेर देश निर्माणमा लाग्न आह्वान गरेका छन् । शनिबारको साँझलाई बुटवलमा तताउँदै गायक गुरुङले चुनाव सकिएपछि दलहरु आपसि विवादमा लागेको भन्दै विवाद छाडेर देश निर्माणमा एकजुट हुन आग्रह गरेका हुन् ।

मानवसेवा आश्रमको सहयोगार्थ लाईभ कन्सर्ट गर्दै देश दौडाहामा रहेको नेपथ्यले शनिबारको साँझलाई संगितमयमात्र बनाएन, देशभक्तिको सन्देश र मानवसेवाको सन्देस पनि दिएको छ । ५ बजेर ४५ मिनेट जाँदा शुरुवातमा १५ मिनेट मानवताक‍ो डकुमेन्ट्री देखाएर कार्यक्रमको प्रारम्भ गरिएको थियो । ठिक ६ बजे मञ्चमा उक्लेका गुरुङले ‘आकाशैबाट के उडि आयो भेंडाको उन जस्तो’ भन्ने गितबाट लाईभ शुरु गर्दा नेपथ्यका अकार्षक मञ्चमा कृतिम भेडाको उन जस्तै हिमपात बर्षाइएको थियो ।

भेडाकोउनसँगै स्टेज चढेका गुरुङ लगातार २ घण्टा मञ्चबाटै गुन्जिए । कहिले हिमालको चुचुरा, कहिले तराईका समथर फाँट, कहिले पहाडको मेलापातको झल्को दिंदै उनले ‘छेक्यो छेक्यो देउराली डाडा हुस्सु र कुहिरोले’ , ‘झम्काईदेउ गलै माया झम्काईदेउ’,’मैमरि जाउला जीवन छ‍ोटो छ’, ‘लेखेको सम्झना नफाल सिरानमा फ‍‍ोटो छ’ जस्ता लोक भाका मिसिएको चर्चित गीत सुनाए ।

हरेक प्रस्तुतीकाबीचमा सन्देश छर्दै गायक गुरुङले शहरमा बस्नेहरुलाई एक पटक गाँउघर सम्झन आग्रह गर्न बिर्संदैन थिए । बुटवलका दर्शकहरुलाई पनि एक पटक आफुले छाडेर आएको गाँउ पुग्न र गाँउघर सम्झन उनले आग्रह गरे । गाँउघर सम्झाउँदै उनले जव ‘खान्न म त लामपाते सुरती, लाउ कि नलाउ जिउ जाने पिरती’ गाउँदा हजारों दर्शकहरु गीतसंगै झुमेका थिए । स्वरमा स्वर मिलाउँदै दर्शकहरुले गीत गाउँदा कार्यक्रमस्थल नै गुन्जायमान भएको थियो ।

गुरुङ रोकिएनन् । लगत्तै ‘चरि मर्य‍ो सिस्सैको गोलीले, माया बस्यो त्य‍ो मीठो बोलीले उडायो रेलैले’, ‘जोमसोमै बजारमा १२ बजे हावा सरर, हे हजुर घर हाम्रो प‍ोखरा अहिलेसम्म भाछैन घरबार’ गाउँदा कार्यक्रमस्थलमा ननाच्ने र नगाउने बिरलै भेटिन्थे ।

तालको माछा कोही गन्न सक्दैन, जातै सानो मायामा हुँदैन, माया साथैमा उडायो रेलैले’ मार्फत माया लगाउँदा जातले नछेक्ने सन्देश दिए । बुद्धजन्म स्थल लुम्बिनीको सम्भापनालाइ उजागर गर्दै उनले जोडे अर्को गित ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ नेपालका सबै कुनाकाप्चामा बस्ने नेपाली हो भन्ने सन्देश दिने गरि उनले ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली ’ भन्ने गित गाए ।

बिचबिचमा नेपालका पर्यटकिय स्थलहरुको वर्णन गर्दै देश घुम्न आह्वान गर्न पनि गुरुङले भ्याए । पहिलो प्राथमिकता मातृभाषा र दोस्रो अनिवार्य प्राथमिकता नेपाली भाषा भन्दै नयाँ पुस्तालाई मातृभाषा सिक्न पनि उनले आह्वान गरे ।

‘सिरफुल सिरैमा बनफुल बनैमा, नैनताल नैनताल घुमिआए रेल’, ‘जीवन यो घामछाया, यो जिन्दगानी’ जस्ता गीत गाउँदा दर्शकले भरपुर मनोरन्जन लिइरहेको देखिन्थ्यो ।

मानिसले जन्मपछि मृत्यु स्वाभाविक भएको भन्दै मानव कल्याणमा लाग्न आग्रह गर्दै उनले जीवनमा थोरै भएपनि मानव सेवामा योगदान गर्न आग्रह पनि गरे । आमाको मायाको वर्णान गर्दै पुर्वेली शब्दको गीत
‘कोशीको पानी यो जिन्दगी जाई जाने हो, आमाको कोखमा बासमात्र लिए पनि कुन देशको मरण हो’ गाउँदा सबैको अनुहारमा आमा प्रतिको सम्मान झल्केको देख्न सकिन्थ्यो ।

संगीतका बीचमा देश प्रेम, माटो प्रतिको माया र बढ्दै गएको बिकृतिलाई पनि उनले झक्झकाए । ‘प्रकृतिमा धनि देश नेपालमा सबै छ। यहाँ अन्याय, अत्याचार छ ।’ उनले भने । दल, विचार र स्वार्थ भन्दा माथि उठेर गाँउगाँउ र बस्ती बस्तीबाट देशको मुहार फेर्न उठ्ने बेला भएको सन्देश पनि दिए । ‘गाउँगाउँबाट उठ, बस्तिबस्तिबाट उठ यो देशको मुहार फेर्नलाई उठ’ भन्ने गीत गाउँदा सबैले मुट्ठी उठाएर गुरुङलाई साथ दिएका थिए ।

दर्शकहरु उत्तेजित अवस्थामा पुगिरहेका बेला ‘भटटट भटटट भटभटे आयो, बाटो छोडछोड’ गित गाएर युवा तताए । बिस्तारै कार्यक्रमलाई माथि उचाल्दै ‘सानुमा सानु कमलको हाँगा रेशम’, ‘तालको पानी माछिले खानी’ गाउँदै अत्निममा देशभक्तिले भरिएको ‘रातो र चन्द्रसुर्य, जङ्गी निशन हाम्रो’ गाएर अमृत स्टेजबाट तल झरे ।

गायन अवधिभर उनलाई ड्रममा ध्रुव लामा, गितारमा सुबिन शाक्य र किबोडमा सुरज थापाले साथ दिएका थिए । अर्का मादल बादक खर्क बुढाले मादलको दर्जन बढी ताल बजार दर्शकलाई अचम्ममा पारे भने निरज गुरुङ र सबिन शाक्यले गितारको धुनले दर्शकको ध्यान तानेका थिए ।

मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीले नेपथ्य ब्याण्ड मनोरञ्जनसंगै नेपाली भाषा र संस्कृति जर्गेनाको अभियानमा लागेको बताए । यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत बुटवलमा आठौं प्रस्तुती दिएको हो । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले नेपालको पुर्वदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १० : ०० बजे

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै