३१ बैशाख २०८१, सोमबार | May 13, 2024

बुटवलमा आज ४ बजे देखि नेपथ्यको लाईभ कन्सर्ट



बुटवल । मानवसेवा आश्रमको सहयोगार्थ देश दौडाहामा रहेको नेपथ्य ब्याण्डले आज बुटवलमा आफ्नो लाईभ कन्सर्ट गदैंछ । बुटवलको रामनगरमा रहेको मानवज्ञान मावि खेल मैदानमा नेपथ्य ब्यान्डको लाईभ कन्सर्ट हुने भएको हो ।

६ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको थियो । टोलीलाई बिहीबारै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेवी अर्यालले फूलमालासहित स्वागत गरेका थिए ।

मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीका अनुसार कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको छ । ६ हजार सहभागीहरु अट्ने गरि मैदानको व्यवस्थापन गरिएको अधिकारीले बताए ।

खेल मैदानको क्षमतालाई मध्यनजर गर्दै बुटवलको कन्सर्टका लागि ६ हजार थान टिकट मात्र वितरण गरिएको मानव सेवा आश्रमकी केन्द्रीय सचिव सुशिला केसीले बताईन् ।

‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम बुटवलका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको लुम्बिनी प्रदेशस्थित संयोजक सरु अधिकारीले बताईन । कन्सर्टको लाभांशले मानवता प्रवद्र्धनका साथै बुटवलमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरी यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

आज अपरान्ह ४ बजेबाट ८ बजे सम्म नेपथ्यका प्रमुख भोकल अमृत गुरुङ सहितको टोलीको प्रस्तुती रहने आयोजकले जनाएको छ । आज बिहानै रियाजमा जुटेका गुरुङ दिनभरी मौन ब्रत बसेर ४ बजे स्टेजमा प्रस्तुत हुने नेपथ्यले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ४१ बजे

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षाको सम्भावना

काठमाडौं । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श