२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटवलमा नेपथ्य हेर्न र सुन्न उर्लियो जनसागर (फोटोफिचर)



बुटवल । मानवसेवा आश्रमका लागि अक्षयकोष स्थापनार्थ नेपथ्य ब्याण्डको प्रस्तुतीमा बुटवलमा ७ हजार बढी दर्शकले लाईभ कन्सर्टमा सहभागीता जनाएका छन् । शनिबार साँझ बुटवलको कालिका मानवज्ञान सेक्टर २ को खेलमैदानमा भएको नेपथ्य लाईभ कन्सर्टमा ७ हजार बढी दर्शकले सहभागीता जनाएको मानवसेवा आश्रमले जनाएको छ ।

मानव सेवाका लागि एक जार टिकट राखिएको कन्सर्टमा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले २ घण्टाको अवधिमा दर्जन बढी गीत प्रस्तुत गरेका थिए । ६ हजार दर्शकको अनुमान गरेर कार्यक्रम स्थल तय गरिएको कार्यक्रमस्थलमा आमन्त्रित सहित ७ हजार बढीले कार्यक्रममा सहभागीता जनाएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

देश दौडाहामा रहेको नेपथ्यको आठौं प्रस्तुती रहेको बुटवलको कार्यक्रममा बुटवल आसपास तथा पाल्पाबाट समेत कार्यक्रम हेर्न दर्शक आएका थिए । कार्यक्रमको मध्यभागमा पुग्दा समेत कार्यक्रमस्थलको टिकट काउण्टरमा टिकट खरिद गर्नेको भिड लागेको थियो ।

कार्यक्रम शान्तिपूर्ण र भब्यताका साथ सम्पन्न भएको मानवसेवा आश्रमकी केन्द्रीय सचिव सुशिला केसीले बताइन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिइन् ।

फोटो सौजन्य : मानवसेवा आश्रम, रुपन्देही

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ११ : १४ बजे

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन